काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
थुनामा रहेकै बेला अफ्रिकी मुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कफुर्यु आदेश जारी गरेका छन् ।
काठमाडौं । युरोपेली मुलुकहरूले कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि जारी लकडाउन सोमबारदेखि खुकुलो बनाइएको छ । युरोपका सबैजसो मुलुकले लकडाउन हटाउने वा खुकुलो पार्ने काम तयारी गरेको भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अफगान तालिवान समूहका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह याकूबले तालिवान समूहको नेतृत्व सम्हालेका छन् । समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको हो ।