इरानले आफ्नो छिमेकी देश अजरबैजान र अर्मानियाबीच नयाँ ढङ्गले सुरु भएको यो लडाईं व्यापक रुपमा क्षेत्रीय युद्ध बढाउन सक्ने चेतावनी दिएको छ । राष्ट्रपति हसन रुहानीले विवादित नागोर्नो–काराबाख इलाकाको विषयमा भएको भारी संघर्षपश्चात् यो क्षेत्रमा स्थिरता बहाल हुने उनलाई आशा भएको बताएका छन् ।