देशैभर एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु |
काठमाडौं । देशैभर बितेको २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म निधन हुनेको संख्या ५७८ पुगेको छ । ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


