काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना कुनैपनि उत्पादनमा कैफियत नभएको दावी गरेको छ । डीडीसीको मख्खन र घिउमा अखाद्य वस्तु घेटिएको तथा उपभोग्य मिति सकिएको भनी गरिएको प्रचारमा कुनै सत्यता नभएको संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद पौडेलले बताए ।