काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताएका छन् ।
काठमाडौं । नेपाली बजारमा केहीदिन अघि निरन्तर घटेर ९० हजार प्रतितोला आइपुगको सुनले फेरि उकालो बाटो समाएको छ । बुधबार ५ सयले बढेको सुनको मूल्य आज पनि बढेको छ । आज सुन एकैदिन १ हजार ६ सयले बढेर ९२ हजार ६०० प्रतितोलामा कारोबार भइरहेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु त भयो तर विवादरहित भने हुन सकेन । झण्डै २५ वर्षसम्मको अन्योल चिर्दै अन्ततː सरकार यो आयोजना अघि बढाउने निष्कर्षमा पुग्यो । मुलुकको गौरव र समृद्धिसँग जोडिएको निजगढ विमानस्थल निर्माण
टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निːशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोना भाइरस संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निːशुल्क खोप दिने व्यवस्था गरेको हो ।
काठमाडौं । बितेको २४ घण्टामा देशभर १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५६५ र पुरुष ९२५ जनासहित थप १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पूँजी उपलब्ध गराउन सरकारले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ ।