काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ । एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो ।
काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य सोमबार पनि अघिल्लो दिनको तुलनामा ७०० रुपैयाँ घटेको हो ।
काठमाडौँ । विश्व वैंकले कोभिड—१९ का कारण विश्व बजारमा रेमिट्यान्स घट्ने अनुमान गरेको थियो तर, उसको अनुमान बिपरित रेमिट्यान्स कारोबार बढेको र रेमिट्यान्सका प्रयोगकर्ताहरुको सँख्या पनि बढेको सरोकारवालाहरु बताए ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
काठमाडौं । उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुले सपथ ग्रहण गरेका छन् । शनिवार भएको निर्वाचनमा विजयी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेर उनी स्वदेश फर्किएका हुन् ।
काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन–२०२० अस्वीकार्य भएको बताएको छ । यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारको दाबी छ ।
काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ ।