काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको सभा हलको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल रुपमा सभाहल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ː४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
काठमाडौं । भारतको आन्ध्र प्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण ११ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार चित्तूर जिल्लाको तिरुपतिस्थित एसभीआर रुइया अस्पतालमा सोमबार राति अक्सिजनको अभाव देखिएको हो ।
काठमाडौं । अमेरिकी खोप निर्माता फाइजरले बायोएन्टेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ ।