सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो |
काठमाडौँ । सुनको मूल्यत तोलामा तीन सय रुपैयाँले बढेको छ ।
सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य। मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको प्रतितोला मूल्ये ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्यत भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



