काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षदको संयुक्त बैठकले सो निर्णय गरेको हो ।