काठमाडौं । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
काठमाडौं । बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबार सम्ममा धेरै शक्तिशाली चक्रवात आउने जल तथा मौसम विभागले जनाएको छ । उक्त चक्रवातको असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको विभागको भनाइ छ ।
काठमाडौं । निशेधाज्ञामा पनि कोरोना संक्रमण कम नभएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा थप कडाई गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले उपत्यकामा सिमित शाखा कार्यलय मात्रै खोलेर सेवा दिन पाउने छन् ।
काठमाडौं । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् ।