कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’ प्रसारण हुने |
काठमाडौं । विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ ।


