’ब्ल्याक विडो’ अमेरिकाभन्दा पहिले भारतमा रिलिज हुने |
हलिउड अभिनेत्री स्कारलेट जोहान्सनको नयाँ फिल्म ’ब्ल्याक विडो’ अमेरिकाभन्दा पहिले भारतमा रिलिज हुने भएको छ । ’एभेन्जर्स’बाट चर्चित पात्र ब्ल्याक विडोको कथामा आधारित फिल्म आगामी अप्रिल ३० मा भारतमा रिलिज हुने भएको हो । फिल्म अंग्रेजी, हिन्दी, तमिल, तेलेगु, मलयम र कन्नड गरी ६ भाषामा रिलिज हुँदैछ ।

