काठमाडौं । नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ ।
काठमाडौं । अभिनेता दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ युट्युवबाट सार्वजनिक गरिएको छ । केही सातादेखि जारी निषेधाज्ञामा घरमै बस्न बाध्य सर्वसाधारणलाई हेर्न वातावरण मिलोस् भन्ने उद्देश्यले मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो ।
काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।
काठमाडौं । सलमान खान अभिनित ‘राधे’ फिल्म कि्लयर टिभीको मुभी अन डिमाण्डमा प्रशारण गरेको छ । ‘राधे’ प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।