चलचित्र ‘उरी’को सफलतापछि रोनी स्क्रिुवालाले निर्माता अमर वुटालासँग नयाँ चलचित्रका लागि सहकार्य गरेका छन् । चलचित्रको नाम ‘मिसन मज्नु’ राखिएको छ । यो चलचित्र सन् १९७० मा भारतले गरेको महत्वकांक्षी गोप्य अप्रेशनमा आधारित रहेर निर्माण गर्न लागिएको हो ।
काठमाडौं । शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।
काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस ७ गते मेरिएट होटोलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनाटको घोषणा भयो ।
काठमाडौं । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने यो संस्करणका लागि विश्वभरिबाट आवेदन खुला समेत गरिएको छ ।
काठमाडौं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्रनेशनलमा पौष ६ गते देखी हलिउड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुँदैछ ।
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्दागिरी वडा नं १३ मा निर्माण हुने भएको छ । शनिबार आयोजित एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् ।
काठमाडौं । विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ।