काठमाडौं । उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले पश्चिम नेपालमा हवाई सेवा अवरुद्ध भएको छ । पश्चिम नेपालका हिमाली भेगका विमानस्थलमा नेपालगञ्ज हव बनाएर उडान हुने गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार शुक्रबार बिहान डोल्पामा समिट एयरको जहाज पुगेको थियो ।