काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजको अध्यक्षमा अनुपबहादुर मल्ल चयन भएका छन् । चेम्बरको २५औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चुनिएका हुन ।
काठमाडौं । प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । बैंक संचालक समितिको सोमबार बेलुकी बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले सोमबारबाट लागू हुने गरी कम्पनीको नयाँ नायब प्रमुख कार्यकारी अधिकृतमा टी. बर्णवाललाई नियुक्त गरेको छ ।
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । जेष्ठ २ गते बसेको संचालक समिति बैठकले कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो । यो नियुक्ति अघि हेमन्त भार्गवले बीमकको संचालक समितिको अध्यक्ष रहेका थिए ।
काठमाडौं । सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । बैंकको प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले प्रमूखको जिम्वेवारीबाट अवकास पाएसँगै राणालाई कामु प्रमुखमा नियुक्त गरेका हुन ।