अन्तरराष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्टिना लागार्डले पद त्याग गरेकी छिन्। उनको राजिनामा कोष सञ्चालक समितिले स्वीकृत गरेको छ । उनी युरोपेली केन्द्रीय बैंकको प्रमुखमा नियुक्त भएपछि मुद्रा कोष छाडेकी हुन्।
काठमाडौं । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीर ध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन ।
काठमाडौं । भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया (एसबीआई) की प्रबन्ध निर्देशक अंशुला कान्त विश्व बैंकको प्रबन्ध निर्देशक तथा प्रमुख वित्त अधिकृतमा नियुक्त भएकी छिन् ।
काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले रिक्त स्थानमा प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई नियुक्त गरेको हो ।