सनराइज बैंकको सीईओमा जनकशर्मा पौडेल, यस्तो छ उनको ३० वर्षे बैकिङ करियर |
काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकशर्मा पौड्यालले विहिबारदेखि कार्यभार सम्हालेका छन् । बैंकको असार २७ गतेको संचालक समिति बैठकले पौड्याललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । बैंक अध्यक्ष मोतिलाल दुगडले उनलाई स्वागत गरेका थिए ।


