मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिको बिहीबार सम्पन्न चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६∕७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट विनियोजन गरिएको छ । सभामा बोल्दै नगरका मेयर शिवप्रसाद ढकालले सुन्दरहरैँचा नगरपालिकामा रात्रिकालीन बजार लाग्ने व्यवस्था मिलाइने बताएका छन् ।