ज्ञान ज्योती आधारभूत विद्यालयलाई कुमारी बैंकको सहयोग |
काठमाडौं । कुमारी बैंकले ललितपुरस्थित लामाटारमा रहेको श्री ज्ञान ज्योती आधारभूत विद्यालयलाई एक लाख बराबरको सहयोग गरेको छ ।
विपन्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको बैकले बतायो ।
बैंकले विद्यालयलाई शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्याग हस्तान्तरण हो ।
बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भन्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
समारोहमा वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।
देशभर रहेका १११ शाखा संजाल, १०२ एटीएम, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ ईकाईमार्फत सेवा दिदैं आएको बैंकले यस्ता सामाजिक कामलाई निरन्तरता दिने प्रविद्धता गर्यो ।
Visited 1 times, 1 visit(s) today


