काठमाडौं । चर्चित सेकुवा कर्नर ‘बाजेको सेकुवा’ को नयाँ शाखा भक्तपुरमा खुलेको छ । बुधबार एक समारोहको आयोजना गर्दै कर्नरले भक्तपुरको गठ्ठाघरमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको हो । देशका विभिन्न स्थानसहित अमेरिकामा समेत सेकुवा कर्नर खोल्न सफल बाजेको सेकुवाको यो भक्तपुरमा पहिलो साखा हो ।