काठमाडौं । कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टमा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १०% सम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।
पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयमार्फत ५० थान पीपीई हस्तान्तरण गरेको छ । ५० थान पीपीई मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने छ ।
गोरखा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (नोभल कोरोनाभाइरस)को जोखिम न्यूनिकरणमा सरकारले खडा गरेको कोषमा गोरखा जिल्लाबाट संचालित साधना लघुवित्त वित्तीय संस्थाले चार लाख सहयोग गरेको छ ।
काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।