काठमाडौं । नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले एयरलाइन्सहरुबाट सम्पूर्ण उडानका टिकट इस्यू गर्ने सुविधा नाट्टा सदस्यहरु (ट्राभल एजेन्टहरु)ले पाउनुपर्ने माग राखेको छ ।
काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ । निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।
काठमाडौं । नेपाल सिपिङ लाइन्सले लकडाउनकाबीच पनि आफ्नो सेवालाई सुचारु राखेको छ । विभिन्न मुलकका बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सका हजारौं कन्टेनरहरु अहिले ढुवानी सेवा दिन तम्तयार रहेको कम्पनीले बताएको छ ।
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २७ लाख एक हजार ७ सय ६४ रुपैयाँ प्रदान गरेको छ ।
काठमाडौं । केहि महिनाअगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा शुरू गरेको हो ।
काठमाडौं । अत्यावश्यक घरायसी सामग्रीको होम डेलिभरी गर्दै आएको अनलाइन सपिङ ग्यापु डटकम (gyapu.com) र अग्रणी किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरी बीच ब्यापार साझेदारी सुरु भएको छ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइलएपमार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा यूजर पोर्टलको शुभारम्भ गरेको छ ।