काठमाडौ । नबिल बैंकले हुवावे टेक्नलोजीज्सँग आज एक कार्यक्रमका बिच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरे ।