काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरी उक्त कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ ।
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोष’ को स्थापना गरेको छ ।
काठमाडौं । आफ्नो क्षेत्रमा सबैभन्दा पहिलो, फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको दस वर्ष पुरानो कम्पनी फुडमाण्डु प्रालिले हालै डक्टर्स अन कल नेपाल (डीओसी) का साथ साझेदारी गरेको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका–०१ स्थित श्रीनगरमा आफ्नो २०९ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन आइतबार शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।
काठमाडौं । फलफूलको ‘राजा’ मानिने किबी फलबाट बनेको वाइन बजारमा आएको छ । धनकुटाको राजारानीमा उत्पादित वाइन फ्याक्ट्रीले आफ्नो पहिलो उत्पादन काठमाडौंमा बिक्री सुरू गरेको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि।ले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।
काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरु सँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।