काठमाडौं । जगदम्बा मोटर्सले भाइबरसँगको सहकार्यमा नयाँ चाँडपर्वको स्टिकर ल्याएकाे गरेको छ । नयाँ स्टिकर प्याकले प्रयोगकर्ताहरुलाई, यस कोरोना भाइरसका कारण उत्पत्ति भएको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाईलाई शुभकामना पठाउन तथा उनीहरुसँग जोडी रहन मद्दत पुर्याउने कम्पनीले जनाएकाे छ ।