काठमाडौं । नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल)ले संचालन गरेको उपभोक्ता योजना बर्जर कलर स्प्ल्यासका विजेताहरुको घोषणा गरेको छ ।
काठमाण्डौ । कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा आयोजित एक कार्यक्रमका बिच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मानीत गरेका हुन ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ।
काठमाडौं । १९७४ एडीले आफ्नो नयाँ गीत “साथीभाई” रिलिज गरेका छन् । जसमा विश्वव्यापी लोकप्रिय ‘द चेनस्मोर्स’ को हिट गीत “होप” को संगीत प्रयोग गरिएको छ । उक्त नयाँ ट्रयाक अब यूट्यूबमा उपलब्ध रहेको छ जहाँ दर्शकहरुले पुरा गीतको मजा लिन सक्नेछन् ।