‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना हुँदै |
काठमाडौं । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अंग्रेजी नयाँ वर्ष २०२१ को भव्य शुभारम्भ गर्न ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहनेछ, जसले नेपाली संगीत र नेपाली कलाकारहरुको उत्थान, प्रवर्द्धन एवं प्रोत्साहनमा सहयोग पुर्यालउने कम्पनीले जनाएको छ ।
खुकुरी रमले आफ्नो वेबसाइटमार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ । जहाँ आवेदकहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निर्णायकहरुमा चर्चित स्टारहरु– विपुल क्षेत्री, समृद्धी राई र सबिन राई (नेपाली लोकप्रिय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) रहनेछन् ।
यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरुको नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष साँगीतिक कार्यक्रमबाट उद्घोष गरिने आयोजकले बताएको छ ।
जनवरी १ तारिखमा सम्पन्न हुने सांगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने छन् । हालको कोभिड परिस्थितिको कारणले गर्दा खुकुरी देशको संगीत कार्यक्रममा प्रत्यक्ष उपस्थिति रहने छैन तर यो कार्यक्रम नेपालमै पहिलो चोटी यसप्रकारको कार्यक्रम हुनेछ ।
जुन बृहत् अनलाइन कन्सर्ट हुनेछ र २०२१ फेब्रुअरी २१ मा गरिने घोषणासँगै नेपाली संगीतमा नयाँ नेपाली संगीत स्टारको उदय हुनेछ भनें ती विजेताले रु.११ लाख बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्नेछ अनि विभिन्न कलाकारहरुको साथमा नेपालमा आफ्नो प्रस्तुतिको अवसर पनि उसलाई हुनेछ ।
यो कार्यक्रमको बारेमा बताउँदै खुकुरी रमको तर्फबाट कार्यक्रम मैनेजर श्रीदा शाहले वर्षैभरी विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरुलाई साथ दिएको बताइन् ।
उनले भनिन्, ‘खुकुरी देशको संगीत भएको र हामीले उदयमान नेपाली कलाकारहरुलाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि एक उपयुक्त मञ्च हुने अपेक्षा राखेका छौं । कोभिड–१९ बाट उत्पन्न जटिल अवस्था हामीहरु सबैका लागि कठिन बनेको छ, संगीत उद्योग पनि त्यसको मारमा परेको छ । तर यसो भन्दैमा राम्रो संगीतसिर्जनागर्ने आकांक्षालाई यसबाट रोकिनु दिनु हुँदैन । यसर्थ, हामी नेपाली कलाकारहरुसँग मिलेर नेपाली संगीतको उत्सव मनाउने दिशामा अग्रसर भएका छौं तर यसपटक परिस्थिति यस्तै भएकोले भर्चुअल विधि अपनाएका छौं ।’
खुकुरी देशको संगीतलाई २०२१ को भव्य एवं विशाल सांगीतिक कार्यक्रम बनाउने तयारी गरिएको छ र यो विभिन्न सांस्कृतिक पृष्ठभूमिबाट आएका थरी थरीका प्रतिभाहरुद्वारा प्रस्तुत हुने संगीतको विभिन्न विधाहरुको एक भव्य शो बन्नेछ । यो प्रतियोगिता नेपाल लगायत विदेशमा रहेका सबै नेपालीहरुका लागि खुला गरिएको छ ।


