काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमै नौलो सवारी साधन अतिरिक्त लाभ बीमालेखको थालनी गरेको छ । यस बीमालेख अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन (३) प्रकारका अतिरिक्त लाभहरुको लागि बीमा गर्न सकिने छ ।