गेट कलेज विश्वकै उत्कृष्ट ईएचएल विश्वविद्यालयको सञ्जालमा |
काठमाडाैं । नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौंस्थित ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले विश्वकै पहिलो र उत्कृष्टमध्ये मानिने ईएचएल (ईएचएल.इडियू) प्राविधिक विश्वविद्यालयबाट औपचारिक सम्बन्धन पाएको छ ।
विश्वकै सबैभन्दा पुरानो आतिथ्य सत्कार प्राविधिक विश्वविद्यालयका रूपमा रहेको स्वीजरल्यान्डको ईएचएलले काठमाडौंस्थित गेट कलेजलाई नेपालमा आधिकारिक सर्टिफिकेसन कार्यक्रमका लागि छनौट गरेको हो ।
सन् १८८३ मा स्थापित स्विजरल्यान्डको पहिलो होटल व्यवस्थापन तथा आथित्य सत्कारसम्बन्धी प्राविधिक विश्वविद्यालय ईएचएलको विश्वका चीन, जापान, साउदी अरब, भारतसहितका देशमा ‘सर्टिफाइड’ आतिथ्य सत्कार शिक्षण संस्था सदस्य रहेकोमा नेपालको गेट कलेजले पहिलो अनुमति पाएको हो ।
‘अन्य मुलुकहरूमा ईएचएलको सम्बन्धन वा मान्यता त्यहाँका सरकारी आतिथ्य सत्कार वा होटल स्कुलहरूले पाउँदै आएकोमा नेपालमा गेट कलेजलाई औपचारिक रूपमा सर्टिफाइड स्कुलहरूको नेटवर्कको सदस्यका रूपमा चयन गर्नु हाम्रा लागि खुसी र गर्वको कुरा हो,’ गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईंले भने ।
गेट कलेज स्वीस होटल एसोसियसन (एसएचए)को सम्बन्धन प्राप्त होटल


