काठमाडौं । किसानहरुलाई सुविधा पुर्याउन स्थानीय सरकारहरूसँगको सम्बन्धलाई निरन्तरता दिँदै दुप्चेश्वरमा आयोजित समारोहमा एभरेष्ट बैंक लिमिटेडद्वारा दुप्चेश्वर ग्रामीण नगरपालिकासँग नुवाकोटमा कृषि फन्डको लागि सम्झौता हस्तान्तरण गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३९ पुगेको छ ।
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण सुरू भएको छ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एबं चितवन स्थित पर्यटकीय रत्ननगर नगरपालिका बीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरुमा हस्ताक्षर भएको छ ।
काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पौष २ गते बिहिबार विराटनगर स्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।