काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।
काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र वीरगंजस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ ।
काठमाडौं । एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डले (एनएफआरएस) सम्बन्धि तालिम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघसँगको सहकार्यमा नाफिजले आर्थिक पत्रकारको बैंकिङ समाचार लेख्ने क्षमता विकास विकास गर्न सो तालिम आयोजना गरेको हो ।
काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सकिने भएको हो ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले माघ २ गतेललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै),बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी)ले गरे ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भ्वाइस अफ नेपाल– सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । उक्त कार्यक्रम हिमालय एचडी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिसन भने शुरु भैसकेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्रामअन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।