चितवन । नेपालकै सबैभन्दा ठूलो र नं.१ इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल सी.जी.ले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरि हालै नारायणघाट स्थित द नारायण रिसोर्टमा एक ठूलो कार्यक्रम गरि रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।
काठमाडौं । ललितपुरको कुपनडोलमा रहेको विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच आज नेपालको पर्यटन प्रवर्धन र बुद्ध दर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो ।
काठमाडौं । प्रभु बैङ्क लिमिटेडले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बुको खुम्बु पासा ल्हामु गाउपालिका वार्ड नं ३ फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।
काठमाडौं । एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताको एलजी वासर ड्रायर वासिड्ड मेसिन नेपाली बजारमा भित्र्याएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान बीच ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा संस्थानमा एक्सटेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको छ ।
मनाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका ४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ ।