कतार एयरवेजद्वारा महिला कर्मचारीहरुलाई सम्मान |
दोहा । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा कतार एयरवेजले कम्पनीको सफलतामा अतुलनीय योगदान पुर्याउने सम्पूर्ण महिला कर्मचारीहरुलाई सम्मान गरेको छ ।
कतार एयरवेजको अल दर्ब कताराइजेशन कार्यक्रम अन्तर्गत ३०० भन्दा बढी कतारी महिलाहरुले हालसम्म कतार एयरवेजसँग कार्यरत हुँदै एयरलाइन्सको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
२०१५ मा १०० कतारी महिलाहरुबाट सुरुवात भएको यस कताराइजेशन कार्यक्रमबाट हाल ३०० भन्दा धेरै महत्वाकांक्षी महिलाहरु कार्यरत छन् । कार्यक्रमले उनीहरुलाई विशेष अवसर प्रदान गर्दै महत्वपूर्ण शिक्षा तथा तालिम समेत प्रदान गर्ने गरिएको कम्पनीले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


