काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७७ प्रदान गरिएको छ । सम्मान गायनतर्फ बरिष्ठ गायक कुमार बस्नेत र संगीत तर्फ बरिष्ठ संगीतकार प्रकाश गुरुङलाई जनही पुरस्कार ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो ।