काठमाडौं । सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको लागि आवेदन खुला भएको छ । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।