काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएको छ । यो इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारी जानुअघि गरिने म्यादी जीवन बीमा वापतको बीमाशुल्क बुझाउने सुविधा गत वर्षदेखि दिँदै आएको छ ।
काठमाडौं । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा ल्याएको छ । हाल ग्राहकले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएकामा अब बैंकले कार्डलेस वीथड्र सुविधा प्रदान गरेको हो ।