काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठानलाई १२ हजार थान बहिरङ्ग दर्ता किताब उपलब्ध गराएको छ ।
काठमाडौं । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैँकबीच त्रिपक्षीय समझदारी भएको छ ।
काठमाडौं । एलजी ब्राण्डको आधिकारिक बिक्रेता सीजी इम्पेक्सले नेपाली बजारमा एलजी उत्पादित नयाँ यूपी सिरिजको यूएचडी टीभी ल्याएको छ । इम्पेक्सले एलजीको यूएचडी टीभी श्रेणीका ५०, ५५, ६५ र ७५ इन्चको टीभी नेपाली बजारमा ल्याएको हो ।
काठमाडौं । माछापुच्छ्रे बैकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा ल्याएको छ । हाल ग्राहकले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएकामा अब बैंकले कार्डलेस वीथड्र सुविधा प्रदान गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरूको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।
काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक आफ्नो स्थापनाकालको ८५ औं वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक कानुन १९३७ अनुसार वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले नेपाली वित्तीय क्षेत्रमा अनवरत रुपमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।