सस्तो डिल सुपर डे डिसेम्बर १५ मा |
काठमाडौं । नेपालको पहिलो इ-कमर्स ब्रान्ड सस्ताे डिलले यही महिनाको डिसेम्बर १५ मा आफ्नो १०औं वार्षिकोत्सव मनाउँदैछ। विदेशमा पढाई सकेर स्वदेश फर्किएर नेपालमा केही गर्ने सोचका साथ १० वर्षअघि अमुन थापाले कम्पनीको स्थापना गरेका थिए ।
सस्तो डिलले १०औं वर्षको कोसेढुङ्गा यात्रालाई मनाउन आफ्नो प्रमुख वार्षिक अभियान सुपरडे डिसेम्बर १५ तारिखमा सुरु गर्दैछ ।
यसमा ग्राहकले १० हजारसम्मको तत्काल छुट भौचरहरू र नेपालभर निस्शुल्क डेलिभरी प्राप्त गर्न सक्ने सस्तो डिलका मार्केटिङ प्रमुख रितिक शाहीले बताए।


