काठमाडौं । कोकाकोला नेपालले एक हजार महिला व्यवसायीलाई ‘सक्षम’ तालिम दिने भएको छ । बोटलर्स नेपालसँग सहकार्य गरी कोकाकोलाले ‘सक्षम’ कार्यक्रममार्फत महिलाहरूलाई तालिम दिन लागेको हो ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ । बैंकले ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
काठमाडौं । कोभिड–१९ संक्रमणको पहिलो लहर शुरु हुनुभन्दा केही दिनअघि शुरु भएको ‘बिरयानी अड्डा’ ले आफ्नो स्थापनाको दुई वर्ष पुरा गरेको छ । स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा सो चेन रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव मनाएको छ ।
काठमाडौं । डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल सिजन–४’ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरी भोट गर्न सक्नेछन् ।
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।