काठमाडौं । फुजीमा आयल कम्पनिले देशभर महिलाहरूमा हुने स्तन क्यान्सरको निःशुल्क परिक्षण गराउने भएको छ । कम्पनीले यो वर्ष भरि स्तन क्यान्सरको निःशुल्क परिक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रति लिटर एक रुपैयाँ छुट्याएको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो बीमा पोलिसीमा थप दुई वटा सुविधा थप गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै आईएमई हेल्थ प्लस र क्यासलेस सेटलमेन्ट बीमालेख सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्षदेखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको जनाएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले पर्साको वीरगञ्जमा नयाँ शाखा समुद्घाटन गरेको छ । जीरगञ्जस्थित आदर्शनगरको सो शाखा कार्यालय वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एव बैंकका डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।
काठमाडौं । नेपालभरका उद्यमी महिलाहरूको प्रतिनिधि संस्थाको रूपमा कार्यरत महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा सोमवार शान्तिपूर्ण पदयात्रा आयोजना गरेको छ । यस वर्षको अन्तरर्राष्ट्रिय महिला दिवसको नाराको मूल भाव ब्रेक द बायस रहेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहित नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । नारीहरूलाई लक्षित गरि गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नेहरूका लागि यो छुटको व्यवस्था गरिएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्झौता भएको छ । ‘सहकारीहरुका लागि सहकारी’ पहिचान सहितका ‘कोप कार्ड’ जारी गर्नेसम्बन्धमा उक्त सम्झौता गरिएको हो ।