काठमाडौँ । चैत महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सबै बैंकहरु सहमत देखिएका छन्। सबै वाणिज्य बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएर नयाँ सूचना जारी गर्ने भएका छन्।
काठमाडौँ । नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ती गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच बीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नबिल बैंकले एकै दिन चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आज नबिल बैंकले जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको हो ।
पोखरा । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८∕७९ को अर्धवार्षिक समिक्षा गोष्ठी प्रारम्भ गरेको छ । संस्थाका अध्यक्ष बाबुराम थापाले उद्घाटन गरेको यस गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत तथा ७ वटै प्रदेशका ६० वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ । नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ ।
काठमाडौँ । सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका, वडा नं ४ रुम्जाटारमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । रुम्जाटरको यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा आएको हो ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘वन–अस’ (पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरिएको छ ।
काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई– बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।