काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।
काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ ।
पोखरा । बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार एक कार्यक्रमका बीच बेगनास ताल डुङ्गा व्यवसायी संघ मार्फत बेगनास तालमा डुङ्गा चलाउने २ सय २० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको हो
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र राष्ट्रिय स्तरको “क” वर्गको वाणिज्य बैंक एनआइसी एसियावीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । काठमाडौं ट्रिएनाले २०७७ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा शुरू भएको ट्रिएनालेको चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको हो ।