काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो ।
काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेड र आदम होटल पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं । स्वाबलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन अागमी चैत २८ र २९ गते काठमाडौं हुँदैछ । सम्मेलनमा लघुवित्त कार्यक्रम संचालन गरेका २ सय वटा संस्थाहरुबाट ६ सय जना सदस्य तथा संस्था प्रतिनिधिहरुको सहभागीता रहने केन्द्रले जनाएको छ ।
काठमाडौं । नेपाल मोबाईल व्यवसायी महासंघको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघको उक्त साधारण सभा आज शुक्रबार होटल अलफ्टमा सम्पन्न भएको हो ।