काठमाडौं । अनलाइन सपिङ्ग सेन्टर दराजले नयाँ वर्ष २०७९ को विशेष उपहार योजना सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमका बीच कम्पनीले नयाँ वर्षको अवसरमा दराजबाट सामान खरिद गर्नेलाई निःशुल्क सपिङ्गदेखि बम्पर उपहारमा स्कुटरसम्म प्रदान गर्ने घोषणा गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रेडिट कार्ड सेवा सुचारु गर्ने कामना सेवा नेपालकै पहिलो विकास बैँक हो ।
काठमाडौं । इसेवा मार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ । अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इ सेवाले यो सुविधा ल्याएको जनाएको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) र दराज अनलाइन सपिङबीच नेपाली नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरूसँगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ ।