काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धनगढीमा रहेका किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले आइतबारदेखि नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ७ स्थित साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्थानीय भीमा भुर्तेललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई निरन्तरता दिएको छ ।
काठमाडौं । कुमारी बैंक र बुटवलस्थित महाराजा रिसोर्टबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी समझदारी भएको बताइएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो ‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको प्रस्तुति रहेको सो कार्यक्रममा डिसहोमले ६ महिना सम्मको लागि प्रायोजन गरेको हो ।
काठमाडौं । विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सीसी क्यामेरा खरिद गर्दा उपहार पाइने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्टले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको हो ।