एनएमबिद्वारा गैह्र सरकारी संस्था ‘छोरी’मा वित्तीय साक्षरता कार्यक्रम |
काठमाडौं । एनएमबि बैंकले गैह्र सरकारी संस्था ‘छोरी’ मा आवद्ध दिदी बहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको उक्त संस्थाका दिदी बहिनीलाई वित्तीय साक्षरता सम्बन्धि शिक्षा दिएको हो ।

