नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, ग्राहकलाई विशेष सुविधा |
काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।

