जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा निर्माणसम्बन्धी अन्तरक्रिया |
काठमाडौं । जगदम्बा सिमेन्टले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई लक्षित गरी निर्माणसम्बन्धी प्राविधिक तालिम सञ्चालन गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा प्रतिष्ठानका प्रहरी जनशक्तिलाई २० दिने निर्माण प्रविधि तालिम दिइएको हो ।

