वित्तीय क्षेत्रको बढी कर भुक्तानी गर्नेमा नबिल बैंक सातौं पटक सम्मानित |
काठमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७७/७८ मा नबिल बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंक भन्दै सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर बैंकलाई सम्मान प्रदान गरेको हो ।

